राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले राजीनामा दिएका छन् ।
उनले चैत्र २ गते प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामाबारे जानकारी दिँदै उनले आफूले पाएको अवसरप्रति प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरेका छन् ।
“अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई विश्वास र नेतृत्व गर्नुहुने सम्माननीय प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दछु । यहाँले हामीलाई सिक्ने ठूलो अवसर दिनु भो, म एक सफल महिला प्रधानमन्त्रीको विद्यार्थी बन्न पाए, अत्यन्तै खुसी छु, किनकी त्यो विरलै अनुभव थियो,” उनले भने ।