logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

कांग्रेस सभापति थापाको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत


  • राजनीति
  • शुक्रबार, चैत्र ६ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकबाट अस्वीकृत भएको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको हो । सभापति थापाको राजीनामा केन्द्रीय कार्य समिति बैठकबाट अस्वीकृत भएको कांग्रेस सहमहामन्त्री बहादुरसिंह लामाले जानकारी दिए ।

उपसभापति विश्वप्रकाश शर्माले कार्य समिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने विषयमा सात बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सभापति थापासहित पार्टीले नराम्ररी पराजय बेहोरेपछि थापाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार