logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन


  • राजनीति
  • आइतबार, चैत्र ८ २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्की समक्ष निर्वाचनको अन्तिम मत परिणामसहितको प्रतिवेदन बुझाएको छ ।

आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरुले प्रधानमन्त्री कार्की समक्ष प्रतिवेदन पेश गरेका हुन् । आयुक्तहरु डा. जानकी कुमारी तुलाधर र सुगन शम्शेर जबरा तथा सचिव कृष्णबहादुर राउत लगायत पनि सो कार्यक्रममा उपस्थित भएका थिए ।

त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालल र कानून मन्त्री अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सरिक थिए ।

यस अघि आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार