राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधिन आरोपहरु संशोधन गरी सम्पत्ति शुद्धिकरण र संगठित अपराध अभियोग संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमा सुनुवाइ जारी रहेको छ ।
न्यायाधिशद्धय विनोद शर्मा र अब्दुर आजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भैरहेको छ । यस अघि न्यायाधीशद्धय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले चार दिन निरन्तर सुनुवाइ गरेर मुद्धा फिर्ताको निर्णय संशोधन सम्बन्धी फाइल सर्वाेच्च अदालतमा पेश गर्न आदेश जारी गरेको थियो ।
अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल लगायतले लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने महान्यायाधीवक्ताको कार्यालयको निर्णय बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।