राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेताबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक बिहिवार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो । सोही दिन सांसदहरुको शपथ तय गरिएको छ ।
सांसदहरुको शपथ सकिए लगत्तै केन्द्रीय समितिको बैठक बसेर वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चनयका लागि संसदीय दललाई अधिकार दिने गरी निर्णय गर्न लागिएको रास्वपा निकट उच्च स्रोतले जनाएको छ ।
बैठक पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । संसदीय दलको नेता चयन लगत्तै प्रधानमन्त्री नियुक्तिको तयारी अघि बढ्नेछ ।
चैत्र १३ गते शुक्रबार बालेन शाहले प्रधानमन्त्रीको रुपमा शपथ लिने गरी तयारी भैरहेको छ ।