logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

४६ सालदेखि भदौ २४ मा जलेका नोट सम्मको छानबिन हुनुपर्छ : सभापति थापा


  • राजनीति
  • मंगलबार, चैत्र १० २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालपछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिनका लागि आयोग बनाउन सरकारसँग माग गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले भने, “२०४६ सालपछि सर्वाजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । रास्वपाले पनि त्यही भनेको छ । आयोग बनाउँछौं र छानबिन गर्छाै । अवैध हो भने सम्पत्ति जफल गर्न सहयोग गर्छाै ।”

यो आयोग बनाउन कांग्रेसको माग रहेको भन्दै थापाले भने, “यो ३५ वर्षको अवधिमा थुप्रै राम्रा काम पनि भएका छन् । पूर्वाग्रह नगराखी २०४६ सालदेखि भदौ २४ मा नेताका घरमा जलेका नोटको छानबिन गर्नुपर्छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार