logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

शपथ नलिँदै विवादमा तानिए बालेन, अर्थमन्त्री खनालले गरे यस्तो टिप्पणी


  • राजनीति
  • बुधबार, चैत्र ११ २०८२

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई पहिलो गासमै झट्का लागेको छ ।

बालेनले साइत हेराएर शक्रबार मध्यान्ह्र १२ः३४ बजे शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ ग्रहण लिने समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको आलोचना समेत भएको छ । अर्थमन्त्री रामेश्वर खनालले साइत हेराएर शपथ लिने परम्परा कति पनि मन नपरेको भन्दै आलोचना गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन नपरेको भन्दै साइत हेर्ने, देखाउने छुट वा समय नै नभएको उल्लेख गरेका छन् ।

“Without malice to anyone! यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन !! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!! Intent and honesty is more important than cosmic timing !!!!!,” अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा लेखेका छन् ।

खनालले फेरि अर्काे स्टाटसमा विचारको प्रतिवाद गर्न सकिने तर, व्यक्तिगत गालीगलौजमा नलाग्न अनुरोध गरेका छन् । उनले लेखेका छन्, “बिचारको प्रतिवाद गर्न सक्नु हुन्छ,
तर सात पुस्ता उधिनेर व्यक्तिगत गालीगलौजमा नलाग्नु होला है !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार