राजनीति
काठमाडौं । बालेन शाह नेतृत्वमा गठन भएको मन्त्रीपरिषद्को पहिलो बैठकले गरेको निर्णयले नै एमाले सहितका पूर्व सत्तारुढ दलमा हलचल पैदा गरिदिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले प्रतिवेदन तयारी गरि सरकारलाई बुझाइसकेको छ । तत्काली सुशीला कार्की नेतृत्वको सरकारले प्रतिवेदन सार्वजनिक नगरेपनि मिडियामा मार्फत् उक्त प्रतिवेदन सार्वजनिक भैसकेको छ ।
प्रतिवेदनमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता एवम तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन आईजीपी चन्द्रकुँवेर खापुङलाई भौजदारी अभियोगमा कारबाही गर्न सिफारिस गरेको छ भने अन्य अधिकारीहरुलाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।
बालेनको नेतृत्वमा आज गठन भएको सरकारको पहिलो बैठकले नै उक्त प्रतिवदेन कार्यान्वयन गर्ने निर्णय गरेसँगै एमालेमा महाभूकम्प गएको छ । ओली पक्राउ पर्ने संकेतसँगै एमाले नेताहरुले सामाजिक सञ्जाल मार्फत् अभिव्यक्ति दिन थालेका छन् ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कार्की नेतृत्वको जाँचुबुझ आयोगको प्रतिवेदन पूर्वाग्रही भएको आरोप लगाएका छन् । एमाले महासचिव पोखरेलले मन्त्रीपरिषद्को प्रतिशोधपूर्ण निर्णय भन्दै फिर्ता गर्नुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै महासचिव पोखरेलले आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको खारजे गर्नुपर्ने उनको भनाई रहेको छ ।
उनले लेखेका छन्, “कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! मन्त्री परिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !”