logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नक्सालमा गृहमन्त्रीसहित प्रहरी र सशस्त्रका प्रमुख फेरि छलफलमा जुुटे


  • राजनीति
  • शुक्रबार, चैत्र १३ २०८२

गृहमन्त्री सुधन गुरुङ फेरि एकपटक सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफलमा सहभागी भएका छन्।
सुरक्षा स्रोतका अनुसार, गृहमन्त्री केही समयअघि प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका हुन्। त्यहाँ उनी अहिले नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, एआईजी गणेश ठाडा मगर र उपत्यका प्रहरीका एआईजी ईश्वर कार्की लगायतसँग बैठक गरिरहेका छन्।

यसअघि पनि गृहमन्त्री गुरुङले आज साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसँग छलफल गरेका थिए। सो बैठकपछि छुट्टिएका उनी पुनः थप छलफलका लागि नक्साल पुगेका हुन्। यता सामाजिक संजालमा भने पुर्व प्रधानमन्त्री केपी ओलीलाइ गिरफ्तार गर्न लागिएको हुनसक्ने भन्दै पोस्टहरु राखिएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार