राजनीति
काठमाडौं । नेकपा (एमाले) का नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।
मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
मल्लविरुद्ध एक महिलाले बलात्कार गरेको आरोपमा उजुरी दिएपछि ललितपुर महानगरपालिका– १५ बाट उनलाई नियन्त्रणमा लिइएको हो ।
मल्ललाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।