logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

गृहमन्त्री सुदनले प्रहरी प्रमुखलाई बोलाए सिंहदरबार


  • राजनीति
  • शनिबार, चैत्र १४ २०८२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै महानिरीक्षकलाई छलफलका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएका छन् ।

शनिबार साँझ नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन् ।

नेपाल प्रहरीको कार्यविभागका एआईजी उमाप्रसाद चतुर्वेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबार पुगेका छन्।

गृह स्रोतका अनुसार मन्त्री गुरुङ हाल सुरक्षा प्रमुखसहितका अधिकारीहरुसँग छलफल गरिरहेका छन् । शुक्रबार दिउँसो पदभार ग्रहण गरिसकेपछि मन्त्री गुरुङले दुवै महानिरीक्षकहरुसँग छलफल गरेर शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराएका थिए ।

ओली पक्राउ पछि आज दिन भर एमालेले उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शन समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार