logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रवि लामिछानेविरुद्धको मुद्धामा सर्वाेच्चले दियो यस्तो आदेश


  • राजनीति
  • आइतबार, चैत्र १५ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्धा संशोधन गर्ने निर्णयविरुद्धको रिट पूर्ण इजालासमा सुनुवाइ गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

सर्वाेच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र अब्दुर अजीज मुसलमानको संयुक्त इजलासले आज सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । तीन दिनको बहस पछि लामिछानेको मुद्धा पूर्ण इजलासमा सुनुवाइ हुने आदेश आएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लामिछानेमाथि सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा लगाइएको भन्दै पूर्व महान्यायाधीवक्ता सविता बराल भण्डारीले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।

उक्त निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल लगायतले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार