logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

ओली र लेखकबारे अदालतले दियो यस्तो अनुमति, एमाले वृत्तमा छायो निराशा


  • राजनीति
  • आइतबार, चैत्र १५ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन हिरासमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शनिबार पक्राउ परेका ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको थियो ।

आज प्रहरीले सरकारी वकिलको कार्यालयमाफत् थुनामा राख्न अनुमति माग गरेको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलबारे अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकसहितलाई फौजदारी अभियोगमा कारबाहीको सिफारिस गरेको थियो ।

बालेन शाह नेतृत्वको सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओली र लेखक पक्राउ परेका हुन् । ओली पक्राउपछि एमालेले देशभरी आन्दोलन गर्दै आइरहेको छ । हिजो र आज एमाले कार्यकर्ताले उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

पक्राउ परेपछि ओलीको मुटुको धड्कन बढेसँगै त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भैरहेको छ । लेखकलाई भने प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला अदालतले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न आदेश दिएसँगै ओलीको रिहाईको लागि आदोलन गरिहेका एमाले कार्यकर्ता र समग्र एमाले वृत्तमा निराशा पैदा भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार