logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रधानमन्त्री बालेनले सिंहदरबारमै विभेद गरेको भन्दै सांसद विकले दिइन यस्तो चेतावनी


  • राजनीति
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा आफूहरुमाथि विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएकी छिन् ।

प्रधानमन्त्री बालेनले सोमबार सिंहदरबारमा सांसदहरुसँग छलफल गरेका थिए । तर, त्यो छलफलमा बालेनले समानुपातिक सांसदलाई विभेद गरेको उनको आरोप छ । विक नेकपाबाट समानुपतिकतर्पकी सांसद हन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट समानुपातिक सांसदलाई सिंहदरबारको गेटबाटै फर्काईको र आफू पनि अपमानको सिकार भएको दाबी गरेकी छिन् । उनले प्रधानमन्त्री बालेनले यसको मूल्य चुनाउनुपर्ने चेतावनी समेत दिएकी छिन् ।

यता बालेनले सरकारका शासकीय सुधारका १०० कार्यसूचमा दलित समुदायमाथि सरकारका तर्फबाट क्षमायाचना गरिने समेत उल्लेख गरेका थिए ।

यस्तो छ सांसद विकको स्टाटसः

कर्णालीका सांसदहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर छलफल गर्दै हुनुहुन्छ । त्यहाँ समानुपातिक प्रणालीबाट गएका सांसदहरूलाई गेटबाटै फर्काइयो । जो अपमानको सिकार म आफू पनि भएँ । विश्वमा भएका निर्वाचन प्रणालीहरूमध्ये हाम्रो देशमा मिश्रित निर्वाचन प्रणाली छ । संविधानत ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिकबाट निर्वाचित आउने हो । निर्वाचन प्रणाली मात्र फरक हो, संसदको प्रमाणपत्र र शपथ खाइसकेपछि सबै प्रतिनिधिसभा सदस्यको भूमिका हुन्छ । प्रधानमन्त्रीज्यूले गरेको यो अपमानको मूल्य उहाँलाई चर्को पर्न सक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार