logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सभामुखको निर्वाचन चैत्र २२ गते हुने, यस्तो छ निर्वाचन कार्यतालिका


  • राजनीति
  • बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत्र २२ गते हुने भएको छ ।

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै सभामुख पदको निर्वाचनको लागि २०८२ चैत्र २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी जेष्ठ सदस्य वा सभामुखले निर्वाचनको मिति र समय निर्धारण गरेको जानकारी दिएको छ ।

प्रतिनि सभाका कुनै माननीय सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ को उपनियम (२) बमोजिम प्रस्तावको सूचना दर्ता गर्ने समय चैत्र २० गते बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म संघीय संसद सचिवालय सिंहदरबारमा गर्न सकिनेछ ।

सोही दिन दिउँसो २ः३० बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सूची प्रकाशन गरिने जनाइएको छ ।

त्यस्तै चैत्र २२ गते आइतबार बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निणयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिट प्राप्त गरी पहिलो दल बनेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले उपसभापति डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रतिनिधि सभा बैठकमा रास्वपाको एकल बहुमत भएकाले उम्मेदवार सम्बन्धी अन्य निर्णय नभएमा अर्याल नै सभाुमख बन्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार