logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी


  • राजनीति
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सभामुख पदका लागि उम्मेवादी दर्ता गराएका छन् ।

शुक्रबार सिंहदरबारमा पुगेर अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा उपसभापति एवम् अर्थमन्त्री स्वर्णीम वाग्ले, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम र भौतिक पूर्वाधार मन्त्री सुतिल लम्साल रहेका छन् ।

रास्वपा दुई तिहाई नजिक रहेकाले अर्याल सभामुख हुने निश्चित् छ । आज साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

यदि विपक्षी दलहरुले सभामुख पदका लागि उम्मेदवारी दिए आइतबार सभामुखको निर्वाचन हुने कार्यतालिका छ । अरुको उम्मेदवारी नपरे अर्यालनै सभामुखमा निर्विरोध हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार