logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सभामुखमा डिपी अर्याल निर्विरोध


  • राजनीति
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल सभामुख पदमा निर्विरोध भएका छन् ।

आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय थियो । निर्धारित समयभित्र उनको मात्रै एकल उम्मेदवारी परेपछि अर्याल सभामुखमा निर्विरोध भएका हुन् । अर्याल सभामुखमा निर्विारोध भएको औपचारिक घोषणा हुन मात्रै बाँकी छ ।

प्रतिनिधि सभा नियमावलीको नियम ७ मा सभामुखको निर्वाचन सम्बन्धी व्यवस्था रहेको छ । जस अनुसार सभामुखमा एक जनाको मात्रै मनोनयन दर्ता भए प्रतिनिधि सभामा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

अब आइतबार बस्ने बैठकमा सभामुखमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । प्रतिनिधि सभामा रास्वपा दुई तिहाई बहुमत नजिक रहेकाले अन्य दलले सभामुखमा मनोनयन दर्ता नै नगरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार