राजनीति
काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनिताको शपथ लिएकी छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसहितको उपस्थितमा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्ष भण्डारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
शपथ समारोहमा राष्ट्रपति पौडेलसहित उपसभापति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल तथा नेपालस्थित नियोगका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यस अघि सोमबारको सभाको बैठकले भण्डारीलाई निर्विरोध राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित गरेको थियो ।