logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

संविधान संशोधन कार्यदल समितिको बैठक बस्दै


  • राजनीति
  • बुधबार, चैत्र २५ २०८२

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने भएको छ ।

मन्त्रीपरिषद्को यही १६ गतेको निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन भएको ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल– २०८२’ को पहिलो बैठक आज बस्ने भएको हो ।

प्रधानमन्त्रीको शाहको सचिवालय अनुसार बैठक दिउँसो ३ बजे जस्ने भएको छ । कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले) को तर्फबाट संविधान सभा सदस्य डा. भिष्मनाथ अधिकारी, नेकपाका तर्फबाट संविधानसभा सदस्य एवम् पूर्वकानून मन्त्री देवप्रसाद गुरुङ, राप्रपाका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही, राष्ट्रिय जनमोर्चाको तर्फबाट महासचिव मनोज भट्ट सदस्य रहेका छन् ।

यसैबीच नेपाली कांग्रेस, श्रम संस्कृति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल भैरहेको छ । कार्यदलका सदस्य तोक्नेबारे आन्तरिक छलफल भएको र सम्भवतः आजै टुंगो लाग्ने नेताहरुको भनाई रहेको छ ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटा र नेपाल कानून आयोगका सचिव इन्दिरा दाहाल पनि सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार