राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चैत्र २७ गते (शुक्रबार) संघीय संसदको दुवै सदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ः०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने र त्यसका लागि सदस्यको उपस्थिति हुन आह्वान समेत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
“राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम सम्वत् २०८२ साल चैत्र २७ गते शुक्रबार दिन १५ः०० संघीय संसदको दुवै सदनको बैठकलाई सम्बोधन हुने त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नु भएको व्यहोरा सादर अनुरोध गर्दछु,” राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले संसद सचिवालयमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।