logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रास्वपा संसदीय दलको बैठक बस्दै, के विषयमा हुँदैछ छलफल


  • राजनीति
  • शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ ।

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । आज उपसभामुखको निर्वाचन हुँदैछ । त्यस अघि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छिन् । ठाकुरले रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

रास्वपा झण्डै दुई तिहाई नजिक भएकाले ठाकुर उपसभामुख हुने निश्चित छ । तर, रास्वपा सभापति रवि लामिछानेले आफूहरुलाई सहयोग गर्ने भनेपछि राप्रपा उपसभामुखमा उम्मेदवारी दर्ता गराएको राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताएका थिए ।

तर, यता प्रधानमन्त्री बालेन पक्षले भने श्रम संस्कृति पार्टीकी ठाकुरलाई उपसभामुखमा समर्थन गर्ने भएपछि रास्वपा उपसभामुखको समर्थनलाई हेर्दा रास्वपामा शक्ति संघर्ष सुरु भएको आँकलन समेत गरिएको छ ।

तर, आजको संसदीय दलको बैठकमा उपसभामुख र विविध विषमा छलफल हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार