राजनीति
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र श्रम तथा रोजगार मन्त्री रामजी यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित एक सभामा मन्त्रीद्धय गौरी कुमारी र रामजीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरुलाई शुक्रबार नै मन्त्रीमा नियुक्त गरेका थिए ।
यस अघिका श्रम मन्त्री दीपक कुमार साहले श्रीमतीलाई नियुक्त दिलाएर विवादमा तानिएपछि हिजो प्रधानमन्त्री शाहले उनलाई बर्खास्ती गरेका थिए । उद्योग मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्रीले आफैले राखेका थिए ।