राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज संघीय संसदका सबै समानुपातिक सांसदहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज मध्यान्ह्र १२ बजे समानुपातिक सांसदहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरुले आ–आफ्ना कलस्टरका स्मस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रुपमा धारणा प्रस्तुत गर्नेछन् ।
यस अन्तरक्रियामार्फत् जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गरी नीति निर्मण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ ।