राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
छलफलमा विकास निर्माण कार्यलाई तिव्रता दिने, स्रोत साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरुले भोगीरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरुमा केन्द्रीत हरनेछ । राष्ट्रिय प्राथमिकताका योजनाहरुलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य अझ कसरी सुदृढ बनाउने भन्ने विषय पनि छलफलको एजेण्डा रहनेछ ।
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साँझा समझादारी निर्माण गर्ने प्रयास समेत बैठकमा हुने अपेक्षा गरिएको छ । बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।