राजनीति
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट कार्यान्वयन र विकास निर्माणको सन्दर्भमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग मिलेर काम गर्ने बताएका छन् ।
बजेट निर्माणको सन्दर्भमा बिहिवार सिंहदरबारमा अन्तरसरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा पालिका तथा प्रदेश सरकारका प्रतिनिधिहरुसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
करिब दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गरिरहेको रास्वपाको स्थानीय तह र प्रदेशमा संरचना नभए पनि जहाँ जुन पार्टीका प्रतिनिधिहरुले नेतृत्व गरिरहेका छन्, उहाँहरुसँगै मिलेर काम गर्ने नीति भएको उनले बताए ।
“प्रदेश र स्थानीय तहमा हाम्रो नेतृत्व छैन्, तपाईंहरुसँगै मिलेर काम गर्ने हो । विपक्षी पार्टीहरुले तपाईंहरुले नै राम्रो काममा सरकारलाई सहयोग गर्छाै भनिरहनु भएको छ । हामी के गर्न चाहन्छौं, हामीलाई साथ दिनुहोस्,” अर्थमन्त्री वाग्लेले भने ।
उनले भने, “बजेटको सिलिङ घटेको छ । १८९० अर्बभित्र काम गर्नुपर्ने बाध्यता छ । तर पनि ढुक्क हुनुहोस् संघीय सरकारले पालिकातर्फ जाने बजेट, वित्तिय हस्तान्तरणमा कम गर्दैन् । सर्शत अनुदानको सवालमा अब संघीय सरकारले काम गर्नै नसक्ने गरी शर्तहरु लगाउँदैन् । आवश्ता र औचित्यका आधारमा सबै प्रदेश र स्थानीय पालिकाहरुमा त्यायोचित रुपमा स्रोत तथा साधनको वितरण हुन्छ ।”