logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

गृहमन्त्री सुदनलाई बर्खास्त गरी तत्काल पक्राउ गर्न माग


  • राजनीति
  • सोमबार, बैशाख ७ २०८३

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुदन गुरुङलाई बर्खास्त गरी तत्काल पक्राउ गर्न माग गरेको छ ।

गृहमन्त्री सुदन पदमा रहँदा निष्पक्ष छानबिन नहुने भन्दै जेनजी मुभमेन्टले गुरुङलाई बर्खास्त गरेर तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरहेको छ । पदमै बसेर छानबिन गर्न सम्भव नभएको बताउँदै कन्फिलिक्ट अफ इन्ट्रेष्ट हुने र यसले न्याय पक्रियामाथि नै गम्भीर प्रश्न उठाउने तर्क गरिएको छ ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्धारा जारी विज्ञप्तिमा मन्त्री पदको ओहोदामा रहेर आफ्नैविरुद्ध छनबिन हुन नसक्ने र यो आधारभूत नैतिकता र कानूनी सिद्धान्तविरुद्ध भएको बताइएको छ ।

त्यसैगरी बालेन्द्र शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै मुभमेन्टले क्याबिनेट गठन र मन्त्री नियुक्तिमा परिपक्वता, दूरदर्शी र जवाफदेही देखाउन आग्रह गरेको छ । हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र हटाउने प्रवृत्ती अस्वीकार्य रहेको उल्लेख गरिएको छ ।

मुभमेन्टले वर्तमान सरकारलाई ७६ जना सहिदहरुको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि भन्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी समेत दिएको छ । सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने उल्लेख गरिएको छ ।

गृहमन्त्री सुदन गुरुङको विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि उनको अहिले चौतर्फी आलोना भैरहेको छ भने राजीनामा माग गर्दै निष्पक्ष छानबिनको माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार