राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दैछन् ।
आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाले विश्विद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्ने भएका हुन् । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ वटा प्रतिष्ठानका उपकुलपतिलाई छलफलका लागि बोलाइएको छ ।
बैठकमा विशेष गरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या, समाधानका उपायहरुबारे विमर्श हुने बताइएको छ । कतिपय तत्कालै समाधान गर्न सकिने समस्याहरुको बारेमा पनि छलफल हुने बताइएको छ ।