राजनीति
काठमाडौं । सरकारले आज बसेको मन्त्रीपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार दिउँसो मन्त्रीपरिषद् बैठक बसेको थियो । बैठकले तीन वटा ऐन संशोधन गर्न बनेको विद्येयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
यी हुन् मन्त्रीपरिषद् बैठकका मुख्य निर्णयहरुः
१. नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको अध्यक्षतामा अर्थ सचिव घनश्याम भुसाल र भुवन कुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने,
२. नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने,
३. प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने,
४. मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने,
५. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्त र मनोनयन गर्ने,