logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

गृहमन्त्री सुदनले दिए राजीनामा


  • राजनीति
  • बुधबार, बैशाख ९ २०८३

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको र अस्वभाविक रुपमा सम्पत्ति विरणदेखिएपछि विवादमा तानिएका गृहमन्त्री गुरुङले चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् गुरुङले राजीनामा दिएको जानकारी गराएका छन् । नागरिक स्तरबाट आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई आफूले गम्भीर रूपमा लिएको उनले बताएका छन् ।

आफ्ना लागि पद भन्दा ठूलो नैतिकता र जनविश्वास भन्दा अर्काे कुनै शक्ति नहुने उनको भनाई रहेको छ । आफूसँग सम्बन्धि विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्धन्द्ध नदेखियोस् भनेर राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले आफू नियुक्त भएकै दिन मन्त्रीपरिषद् गठन गरेका थिए । सोही दिन गृहमन्त्रीको शपथ खाएका सुदन गुरुङले सुरुमा पूर्वप्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गरेर चर्चा समेत कमाएका थिए ।

तर सरकारले मन्त्रीपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै गुरुङको अस्वभाविक सम्पत्ति विरणबारे चौतर्फी आलोचना सुरु भएको थियो भने पछिल्लो समय उनी विचौलीय दीपक भट्टसँगको सम्बन्ध र विवादीत सेयर खरिद प्रकरणमा विवादमा तानिएका थिए ।

चौतर्फीको राजीनामाको दबाब बढेपछि उनले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटर राजीनामा बुझाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार