logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मुख्यमन्त्री कार्यालयमा नेतृ यमीले टाँसे निर्मला पन्तको पोस्टर


  • राजनीति
  • बिहिबार, मंसिर २० २०७५

धनगढी– निर्मला पन्तको पोस्टर टाँस्न नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी धनगढी पुगेकी छिन् ।

बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मलाको हत्यारा पक्राउ र न्यायको माग गर्दै शुरु भएको पोस्टर अभियानमा सहभागी हुन उनी धनगढी पुगेकी हुन् ।

यमीले सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयमा पोस्टर टाँसेकी हुन् । यसका साथै सडक र पोलहरुमा पनि पोस्टर टाँसिएको छ । सरकार भेटियो न्याय भेटिएन पोस्टर पछिल्लो समय काठमाडौंमा टाँसिएको थियो । त्यसपछि यो देशका विभिन्न स्थानमा अभियानको रुपमा नै टाँस्न शुरु गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार