राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले एक पछि अर्काे गरि ल्याएको अध्यादेशको बचाउ गरेका छन् ।
आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा लामिछानेले सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका अध्यादेश विगतमा भएका अनावश्यक, दलीयकरण र गलत नियुक्ति सच्याउन अध्यादेश ल्याउनु परेको दाबी गरेका छन् ।
विगतको सरकारले दल विभाजन र विपक्षीलाई थुन्न अध्यादेश ल्याउने गरेको आरोप लगाउँदै वर्तमान सरकारले त्यसलाई रोक्न अध्यादेश ल्याएको उनको भनाई छ ।
उनले भने, “विगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न सकिँदैन् । पहिले विपक्षीलाई थुन्न र दल फुटाउन अध्यादेश ल्याइने अभ्यास थियो । अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन होइन् यो आवश्यक सुधारको लागि हो ।”
लामिछानेले विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समितिको सभापति धेरै बनेका उदाहरण दिँदै रास्वपाले त्यसलाई सच्याएको र इमान्दार भएर अघि बढेको दाबी गरे ।