logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपतिद्धारा सहकारी सम्बन्धी अध्यादेश जारी


  • राजनीति
  • बिहिबार, बैशाख १७ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेको जानकारी दिएका छन् ।

“सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छ,” प्रवक्ता शाक्यद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राष्ट्रपति पौडेल समक्ष ६ वटा अध्यादेश सिफारिस गरेको छ । जस मध्ये राष्ट्रपतिले आज सहकारी (पहिलो) अध्यादेश, २०८३ जारी गरहेका हुन् । स्रोतका अनुसार अन्य अध्यादेशबारे पौडेलले कानूनविद्हरुसँग परामर्श गरिरहेका छन् ।

बोलाइसेको संसद स्थगित गरेर अध्यादेश सिफारिस गरेको भन्दै अहिले सामािजक सञ्जालमा एक पक्षले भने प्रधानमन्त्री शाहको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै अध्यादेशको विरोध गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार