logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

परराष्ट्रमन्त्री खनाल र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता


  • राजनीति
  • शुक्रबार, बैशाख १८ २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग अमेरिकी दक्षिण तथा मध्य एशिया मामिलाका लागि विशेष दूत सर्जियो गोरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

विशेषदूत गोरले शुक्रबार सिंहदरबारस्थित मन्त्री खनालको कार्यालयमा पुगेर भेटवार्ता गरेका हुन् । भेटका क्रममा लगानी र व्यापार प्रवद्र्धन गर्न जोड दिँदै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

विशेष दूत गोरले आजै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग पनि भेटवार्ता गरेका छन् । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदार र विकास सहायताका विविध विषयमा छलफल भएको जनाइएको छ ।

गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधान सेनापतिसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । विशेष दूत गोर तीन दिने नेपाल भ्रमणको लागि हिजो काठमाडौं आइपुगेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार