राजनीति
काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ११ सहसचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै कार्यरत श्री चन्द्र शाहलाई अर्थमन्त्रालयमा सरुवा गरिएको छ ।
