logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रास्वपा नगर सभापति पक्राउ


  • राजनीति
  • बुधबार, जेष्ठ २७ २०८३

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्वतको कुश्मा नगर सभापति रमेशकुमार श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय,पर्वतबाट खटिएको टोलीले उनलाई हिजो नियन्त्रणमा लिएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजनकुमार कट्टेलका अनुसार उनी हिजोदेखि प्रहरी हिरासतमा छन् । उनको कसुर सार्वजनिक गर्नका लागि आज दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको सूचना अधिकारी कट्टेलले जानकारी दिए ।

उनले भने,‘ हिजोदेखि प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँको कसुर सार्वजनिक गर्नका लागि आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेका छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार