logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रौतहटमा प्रधानमन्त्रीको पुत्ला दहन


  • राजनीति
  • बिहिबार, असार २५ २०८३

रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाई बजेट फ्रिज गराएको आरोप लगाउँदै स्थानीयले आज प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको पुत्ला दहन गरेका छन्।

आन्दोलनकारीले ‘मौलापुरको बजेट फ्रिज गराउने सरकार मूर्दाबाद’, ‘मौलापुरमा हाकिम पठाऊ’, ‘अदालतको आदेश कार्यान्वयन गर’ लगायतका नाराबाजी गर्दै संघीय सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलविरुद्ध पनि विरोध जनाएका छन् ।

स्थानीयका अनुसार सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे लामो समयदेखि जिम्मेवारीमा नआएपछि मन्त्रालयले फिर्ता बोलाएको भए पनि अहिलेसम्म नयाँ अधिकृत नपठाउँदा नगरपालिका ठप्पजस्तै बनेको छ । यसको असर बजेट कार्यान्वयन,शिक्षकको तलब,बहुक्षेत्रीय पोषण कार्यक्रम,सरसफाइ तथा विद्युत्–पानीको भुक्तानीमा परेको उनीहरूको भनाइ छ ।

यसअघि नगर शिक्षकले ६ महिनादेखि तलब नपाएको भन्दै पेनडाउन गरेका थिए भने लाभग्राही र सरसफाइ कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार