राजनीति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ अायाेजनामा भ्रष्टाचार भएकाे ठहर गर्दै
राप्रपा नेता एवं पूर्वमन्त्री ठेकेदार विक्रम पाण्डेसहित २१ जनाविरूद्ध २ अर्ब १३ करोड बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको दिपक खरेलको समाचार नेपाल खबरले लेखेको छ।
आयोगले शुक्रबार उनीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको हो।
उनीसहित आयोजना प्रमुख रमेश बस्नेतलाई समेत समान बिगो मागदाबी भएकाे छ। बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरव अायाेजना सिक्टाको मूलनहर भत्किएपछि निर्माण गर्ने पाण्डेको कालिका कन्स्ट्रक्सन आरोपी बनेको थियो। आयोगले मूलनहरको डिजाइनमा नै कैफियत भेटिएको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको आरोप सहित सरकारी अधिकारी र निर्माण ब्यवसायीलाई प्रतिवादी बनाएको हो।
आयोगले परीक्षणकै क्रममा नहर भत्किसकेकोमा पुनः परीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएकोमा समेत भ्रष्टाचार मुद्दा चलाएको हो। आयोगले आयोजना प्रमुखहरु सर्वदेव प्रसाद(भ्रष्टाचार मुद्दा), सरोजचन्द्र पण्डित (५९ करोग बिगो), दिलिप बहादुर कार्की (१ अर्व ५६ करोड) र रमेश बस्नेत (२ अर्व १३ करोड) सहित भ्रष्टाचार मुद्दा दर्ता भएको हो। आयोगले सिडिई, सिचाई विभाग, कालिका कन्स्ट्रक्सन र इटिको र त्यसका संचालक तथा पदाधिकारीलाई प्रतिवादी बनाउदै मुद्दा दर्ता गरेको हो।