राजनीति
गृहमन्त्री रामबहादुर थापा (बादल) ले नेपालबाट स्वदेश फर्कँन लागेकी नेपालका लागि चिनियाँ राजदूत यु होङसँग अौपचारीक बिदाई भेट गरेका छन।
अौपचारीक बिदाई भेटमा बादलले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याएका छन्। जवाफमा होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाको प्रसंशा गरेकी छन्।
पदोन्नति भएर नियमित समय अगावै स्वेदश फर्कने तयारीमा रहेकी यु होङले शुक्रबार गृहमन्त्रीसँग बिदाई भेटघाट गरेकी हुन्।
राजदुत होङले आफ्नो बसाई सुखद रहेको बताउँदै स्वदेश फर्किएपछि नेपालको विकासका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन्।
गृहमन्त्री थापाले सफल कार्यकालका लागि होङलाई धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना दिएका थिए।