राजनीति
नेपाल कम्युनिस्ट पार्टीको स्थापनापछि प्रकाशित पहिलो पर्चाको २००६ साल वैशाख १० गतेका दिन प्रकाशित गरेको थियो। जसको शिर्षक “नागरिक स्वतन्त्रता सम्पुर्ण वर्गलाइ आवश्यकता , अत: क्रान्तिकारी नागरिक स्वतन्त्रता समिती बनाउ ! भन्ने थियो ।
जसको अन्तिम अनुच्छेदमा नेपालका छोराछोरी हो भनेर सम्बोधन गर्दै यस्तो लेखिएको छ ।
तिमिहरु पनि त्यस रणक्षेत्रमा उत्रिसकेका छौ । तिमिहरुले पनि आफुमा लुकेको साहस र वीरत्व वैरी-बिरोधि संग्राममा देखाइसकेका छौ। राणाशाहिले तिम्रो छातीमा सोझ्याएको बन्दुकको मोहरी त्यतै फर्काउन कोशिश गर्नु छ । राणाको घोषणालाइ र्कुच्चाले कुच्याई एकै स्वरले क्रान्तिकारी आवाजको गर्जना गर । नारा हरु
१. पुर्ण नागरिक स्वतन्त्रताको लडाइँ – जिन्दावाद !
२. लेख्न,बोल्न,पढ्न सभा सगठन गर्न अधिकार जिन्दावाद! ३. नेपाली मजदुरको तलव वा ज्याला बढाउने लडाइँ जिन्दावाद !
४. नेपालका किसानको “पसल भाउ बढाउ,ज्याला भाउ बढाउ !
५. उचित अधिया बालीको लडाइँ जिन्दावाद !
६. एउटा नेपाली भाइ पनि साम्राज्यवादीको लडाइँको चारा बन्न दिने छैनौं । चाहे मलाय होस या चाहे हिन्दुस्तान,वीर नेपाली भाई हो । हातमा भएको बन्दुकले साम्राज्यवादी डाकाहरुको सिनाताक,देशका प्रत्येक गरिव भाइ मजदुर किसानसग गला मिलाउ !
७. शोभियत युनियन ,नव प्रजातन्त्रहरु,आजात चिन,बिश्वको मजदुर वर्गको आन्दोलन र विश्वको कम्युनिस्ट आन्दोलनसग हाम्रो एकता जिन्दावाद !
८.नागरिक स्वतन्त्रताका लागी क्रान्तिकारी समितिहरु जिन्दावाद !