logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

आज १२ वर्षपछि सिक्लेसमा किन पुग्दै छ्न ? सिटौला र प्रचण्ड !


  • राजनीति
  • सोमबार, मंसिर २४ २०७५

पोखराबाट ४० किलोमिटरको दूरीमा छ, सिक्लेस। अन्नपूर्ण र लमजुङ हिमालको काखमा २ हजार मिटरको उचाईमा रहेको सिक्लेसमा करिब ४ सय घर छन्।

पोखराको काहुँखोला, ढाडबेसी, काभ्रेखोला,छाचोक, मेल्चो, थाक, तप्राङ, च्यूली, पार्चे हुँदै सिक्लेस पुगिन्छ।

१० बर्षे जनयुद्धपछि पहिलो पटक औपचारिक रुपमा सार्वजनिक हुन सिक्लेसबाट काठमाडौँ आएका तिनै प्रचण्ड र उनलाई काठमाडौँ ल्याएका तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सो शान्तिस्तम्भको आज संयुक्त रुपमा उद्घाटन गर्दैछन्। र, १२ बर्षपछि पहिलो पटक यी दुबै नेता काठमाडौँबाट पोखरा हुँदै सिक्लेसका लागि प्रस्थान गरिसकेका छन्।

 शान्ति स्तम्भको आज प्रचण्ड र तत्कालीन गृहमन्त्री सिटौलाले उद्घाटन गर्ने कार्यक्रम छ। दुबै नेताहरु सडकबाटै सिक्लेस जाँदैछन्। प्रचण्डले सिक्लेसलाई स्वीजरल्याण्ड बनाउने भनेका थिए। गाउँलेहरुले प्रचण्डलाई उनले बोलेको कुरा सम्झाउने मात्र हैन, बाचा पूरा गर्न दवाब समेत दिनेछन्।

मादी गाउँपालिकाको १० लाख, शान्ति स्तम्भ निर्माण गरिएको सम्बन्धित वडा मादी गाउँपालिका-१ को १ लाख र स्थानीयको ४ लाखको श्रमदान गरी १५ लाखको लागतमा शान्ति स्तम्भ बनेको हो।


शान्ति स्तम्भ

डेढ रोपनी क्षेत्रफलमा शान्ति प्रक्रियाको २० वटा भाव झल्कनेगरी स्तम्भ निर्माण गरिएको छ। ३ महिना लगाएर निर्माण गरिएको यस स्तम्भ परिसरमा ‘अर्काइभ’ मार्फत् शान्ति प्रक्रियाका विभिन्न झलक तथा जानकारी गराइने ब्यबस्था गरिएको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिए।

‘सिक्लेस शान्ति प्रक्रियाको प्रस्थान बिन्दु हो, यहीँबाट विद्रोह शान्तिमा रुपान्तरण भएको हो’, उनले भने ‘त्यसैले, यसैको सम्झना स्वरुप हामीले शान्ति स्तम्भ बनाएका हौँ।’ गाउँमा शान्ति स्तम्भ बनेपछि पर्यटन प्रवर्द्वन हुने आशा पनि उनको रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार