राजनीति
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त आज १४ औ वर्ष पुगेकि छिन
। मंसिर २६ गते बुधवार निर्मलाको १४ औँ जन्मदिन परेकोले उनको सम्झनामा जन्मदिनमा धर्ना स्थलमै होम गरिएको छ।
निर्मलाको परिवारका सदस्य हत्यारा पत्ता लगाउन दबाब दिन गत कात्तिक २५ गतेदेखि धर्ना बसिरहेका छन्। जिल्ला प्रशासन कार्यालय प्रवेशद्धार अगाडि नागरिक संघर्ष समितिको अगुवाइमा परिवार, अधिकारकर्मी तथा स्थानीयहरुले निर्मलाको फोटो राखेर हिन्दु परम्परा अनुसार सडकमै होम लगाएर पुजा गरिएको हो।
साथै उनको आत्माले शान्ति पावस् भनि निर्मलाको नामको वत्ती पनि बालिएको छ।
गत साउन १० मा गृहकार्य गर्न भनेर साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा अर्को दिन उखुबारीमा शव भेटिएको थियो। घटना भएको चार महिना भन्दा बढी समय भैसक्दा पनि हत्यारा पहिचान हुन नसक्दा देशैभर दबावमुलक प्रदर्शन भइरहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आज जन्मदिन हो । उहाँलाई सामाजिक सञ्जालमा उहाँका युद्धकालीन सहकर्मीहरु, परिवारजन, आफन्तजन, पार्टी एकीकरण भएपछि पार्टीका नेताहरुले शुभकामना दिनु भएको छ ।