logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

राजनितीमा इन्ट्री गर्दै “मिस नेपाल शृङ्खला” ! पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना


  • राजनीति
  • शुक्रबार, मंसिर २८ २०७५

काठमाडौं– चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडांै आएपछि शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै शृङ्खलाले ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ’ भन्दै इच्छा जाहेर गरेकी छिन ।

आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् । मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना बोकेको बताएकी छन् ।


प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफु टप १२ बाटै बाहिरिनु परेको शृङ्खलाको भनाई छ । ‘टप फाइभमा पनि नपर्दा खल्लो लाग्नु स्वभाविक हो । धेरै नेपालीले आश गर्दै साथ पनि दिएका थिए । तर, निर्णायक मण्डलको निर्णयमा म टप–१२ बाटै बाहिरिए’ पत्रकार सम्मेलनमा शृङ्खलाले भनिन् ।

चीनको सान्या शहरमा भएको प्रतियोगितामा विश्वका १२१ सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये उनी १२ औं नम्बरमा परेकी थिइन् । त्यसमध्ये उनले दुई अवार्ड समेत जितेकी थिइन । खतिवडाले मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड पनि हात पारेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार