logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

वामदेबले प्रस्तुत गरेको फरक “राजनैतिक प्रतिवेदन” यस्तो छ, पढ्नुस


  • राजनीति
  • आइतबार, पुष १ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले एक भएका दुई पार्टीको मन नमिलेको स्वीकार गरि रहेको बेला अर्का विद्रोही नेता बामदेव गौतमले अलग्गै प्रतिवेदन पेश गरेर काउन्टर दिएका छन् । गौतमले नेतृत्वको कार्यक्षमतामाथि प्रश्नहरु समेत उठाईदिएका छन् ।

सर्दैसर्दै शनिबार सुरुभएको स्थायी कमिटीमा अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा मन भिन्नता रहेको स्वीकार गर्दा गौतमको अलग्गै प्रतिवेदनले निकै चर्चा पाईरहेको देखिएको छ ।

गौतमको काउन्टर प्रतिबेदन

वामदेव गौतमले नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्धय ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनलाई काउण्टर दिँदै अर्को प्रतिबेदन प्रस्तुत गरेका छन् ।

पार्टी र सरकारलाई व्यवस्थित गर्ने भन्दै गौतमले प्रस्तुत गरेकोआफ्नो प्रतिबेदनमा सरकार सञ्चालन र पार्टी अध्यक्षद्धय ओली र दाहालको कार्यशैलीको बिरोध गरेका छन् । प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले दुई मन्त्री नियुक्त गर्दा पार्टीको निर्णय बिना नै दुई मन्त्रीलाई सपथ गराएको प्रति गौतमले बिरोध जनाएका छन् । 

‘दुखका साथ भन्नु पर्छ पार्टीले सरकार त चलाएकै छैन सरकारले पार्टी चलाउने कुरै आउँदैन्’ गौतमले आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन् ।

यसैगरी मन्त्रीपरिषद बिस्तार गर्दैगर्दा पार्टीमा छलफल एवं विधिवत निर्णय नगरिएको प्रति गौतमले आफ्नो प्रतिवेदन मार्फत कडा बिरोध जनाएका छन् । फोरम नेपाललाई सरकारमा सहभागि गराउने बिषयमा पार्टीमा छलफल एवं निर्णय नभएकोमा समेत गौतमले नेतृत्व प्रति आरोप लगाएका छन् ।

बिवादित अन्तर्राष्ट्रिय गैरसरकारी धार्मिक संस्था युनिभर्सल पिस फेडरेशनको कार्यक्रममा सरकार र पार्टीका शीर्ष नेता सहभागि भएकोप्रति आपती जनाउँदै गौतमले पार्टीमा निर्णय नगरी भएको विरोध गरेका छन् ।

दुई तिहाई बहुमतको सरकार इतिहासमै शक्तिशाली भएको भए पनि दिनानुदिन अलोकप्रिय बन्दै जनताबाट बिस्थापित भईरहेको गौतमले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यसैले प्रतिपक्षी दलका नेताले लगाएको आरोपको प्रतिवाद गर्न नेकपाको बौद्धिक वर्ग देखा नपरेको जिकिर उनले गरेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अरिंगाल बन्न आह्वान गरेको प्रति कटाक्ष गर्दै गौतमले कार्यकर्ता न अरिंगाल बन्न सके न मौरी नै बन्न सकेको उल्लेख गरेका छन् ।

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले जति आह्वान गरेपनि कार्यकर्ताहरु नत अरिंगाल बन्न सकेका छन त मौरी बनेर मह दिन सकेका छन् । निर्वाचन र सो भन्दा पहिलेको पार्टीको लोकप्रियता निरन्तर घटेको अवस्था बारे कार्यकर्ताहरु चिन्ताग्रस्त देखिन्छन् ।’ गौतमले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार