राजनीति
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को राजिनामा माग गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठमा बजेटमाथि भैरहेको छलफलका क्रममा नियमापति जनाउदै राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधविरुद्ध मुद्दा दर्ता हुनुको साथै सर्वोच्च अदालतले ३० गते तारेखमा बोलाइसकेकाले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने सांसद शाहीको भनाई रहेको छ ।
उनले भने, ” प्रधानमन्त्रीज्यु विरुद्ध युद्ध अपराध जस्तो जघन्य अपराध गरेको मुद्दा सर्वोच्च अदालतमा दर्ता भैसकेको अवस्था छ । उहाँ सर्वोच्च अदालतले ३० गते तारेखमा बोलाई सकेको छ । उहाँ सर्वोच्च अदालत प्रधानमन्त्रीको हैसियतमा जादै हुनुहुन्छ कि, प्रचण्डको हैसियतमा ? युद्ध अपराध प्रधानमन्त्रीले होइन व्यक्तिले गरेको हो । त्यसैले उहाँले पदबाट राजिनामा दिनुपर्छ ।”
सांसद शाहीको सो अभिव्यक्तिविरुद्ध माओवादी सांसद माधव सापकोटाले आपत्ति जनाउनुको साथै संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
सभामुख देवराज घिमिरेले सांसदहरूले राखेको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए ।