logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संसद भवनबाट चोरेका सामान फिर्ता गर्न संसद सचिवालयको आग्रह


  • राजनीति
  • सोमबार, भाद्र ३० २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा संसद भवनबाट लुटिएका सामग्रीहरु फिर्ता गर्न संसद सचिवालयले आग्रह गरेको छ ।

सचिवालयले आज एक सूचना जारी गर्दै यही भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा संघीय संसद भवनमा तोडफोड र आजनी गरिएको त्यसबाट लुटपाट गरी लगेका सामानहरु फिर्ता गर्न आग्रह गरिएको छ ।

“प्रिन्टर, स्क्यानर, क्यामरा, टेलिभिजन, मनिटर, माइक, मिक्चर, स्पीकर, फोटोकपी मेसिन, विद्युतीय उपकरण लगायतका सामग्रीहरु अनधिकृत व्यक्तिहरुले लिएको बुझिएको छ,” सचिवालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता मालसामान रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा संघीय संसद सचिवालयलमा सूचना दिन र मालसामान लगेको भिडियो वा फोटाहरु भएमा उपलब्ध गराउन पनि सचिवालयले अनुरोध गरेको छ । संघीय संसद सचिवालयका अनुसार भिडियो/फोटो उपलब्ध गराउने व्यक्तिको परिचय गोप्य राखिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार