logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रविलाई पार्टी कार्यालयबाट पक्राउ गरिँदै, गाडीबाटै कास्की लैजाने तयारी


  • राजनीति
  • शुक्रबार, कार्तिक २ २०८१

पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली अहिले पार्टी कार्यालयमा छ । सीआइबीका एसपी हविन्द्र बोगटीले रविलाई पक्राउ गर्ने प्रक्रियागत कामहरु गरिरहेका छन् ।

पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । प्रहरीले आजै कास्की लैजाने तयारी छ । रवि र रास्वपाले स्थलमार्गबाट जाने प्रस्ताव गरेका छन् । यसमा प्रहरी पनि तयार रहेको स्रोतले बतायो ।

रविलाई कास्की लैजाने क्रममा रास्वपाका नेता कार्यकर्ताहरु पनि सँगसँगै जाने तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार