राजनीति
कस्मिरमा सहिद २ गोर्खा अफिसर सुबेदार गम्मर बहादुर थापा ,सुबेदार रमन थापा को अन्तिम श्रदान्जली दिएको छ ।सहिद को बुवाले भन्नु भयो “गर्व छ मलाइ आफ्नो छोरा हरु प्रती”

बनारस -जम्मु कस्मिर को कुपवाडा मा आतंकबादी हमला मा सहिद भयका ३९गोर्खा ट्रेनिङ सेन्टर का २जवानको पर्थिक शरीर लाई सेना का जवान ,अफिसर परिवार को साथ जिल्ला अधिकारि सुरेन्द्र सिंह एस। एस। पि। सुरेन्द्र रावश्र द्धांजलि दियका छन।

मृतक दुबै को नेपाल घर रुपन्देहीको तिलोत्तमा ९ रहेको छ।।सुवेदार गमरबहादुर थापा १९९३ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र २ छोरा छन् । सुवेदार रमन थापा १९९६ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र १ छोरा छन् ।

यो पनि पढ्नुस जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा
काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउनुहुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानी विदेशमन्त्री कोनोले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने र दुवै नेताले संयुक्तरुपमा प्रेसलाई सम्बोधन गर्नुहुनेछ । परराष्ट्रमन्त्री ज्ञवालीले जापानी विदेशमन्त्रीको सम्मानमा सोही दिन रात्रिभोजको आयोजना गर्नुहुनेछ ।१३ पुस (रासस)