logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दक्षिण कोरियामा एक नेपालीको ज्यान गयो


  • राजनीति
  • शनिबार, चैत्र ३० २०७५

रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका एक नेपालीको ज्यान गएको छ। ईपीएस मार्फत आठ वर्ष पहिले कोरिया पुगेका काठमाडौँका ध्रुव भण्डारीको हृदयघातका कारण बिहीबार ज्यान गएको हो।

४७ वर्षीय भण्डारी कोरियाको छुंगछंग नाम्दो थाङ्जिन को हाप्तक एरियामा कार्यरत रहेका थिए।

उनलाई हृदयघात भएपछि उपचारको लागि छनान स्थिति थान्कुक युनिभर्सिटी अस्पतालमा भर्ना लगिएको थियो।आफुलाई अत्याधिक दुखेको बताएपछि साथीहरुले थान्जिनको एक अस्पतालमा भर्ना गरेका थिए।

तर अवस्था गम्भीर भएको भन्दै त्यो अस्पतालले थान्कुक युनिभर्सिटी अस्पतालमा रेफर गरिएको थियो। आठ वर्ष पहिले ईपीएस मार्फत कोरिया पुगेका भण्डारी ३ वर्षदेखि बिनाभिसा काम गर्दै आएका थिए।

उनका श्रीमती र चार जना छोराछोरी छन्। घटना बारे नेपाली राजदुताबास र परिवारलाई जानकारी गराइसकिएको एक उसाइको साथीले बताए।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार