राजनीति
केन्या – एक नाइट क्लबमा केन्या प्रहरीले छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पुर्याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार विहान केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ ।
उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ ।प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् ।
प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्र्चयको विषय रहेको प्रहरीले बताएको छ ।केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करी विरुद्ध कडाइ गरेको छ ।