logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एक महिनाअघि विवाह बन्धनमा बाँधिएकी ममता जापानमा दुर्घटनामा परी मृत्यु


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

जापानमा दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ। जापानको विपरित दिशाबाट आएको नागोयामा नुवाकोटको शिवपुरी गाउँपालिका घर भएकी ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट सोमबार बिहान मृत्यु भएको हो।

ममताको मृत्युपछि नागोया प्रहरीले यसबारे अनुसन्धान सुरु गरिसकेको परिवारजनले जनाएको छ।

अप्रिल ४ मा जापान गएकी ममता एक महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएकी थिइन्। ओकिनावाबाट जापानी भाषा अध्ययन सकेर नागोंयामा होक्काईची कलेज अफ ईन्फरमेशन सेन्मोन गाक्कोमा अध्ययन गर्दै आएकी ममताको कलेज जाने क्रममा साइकललाई गाडीले ठक्कर दिई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार